कला/साहित्य

कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न

काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट २०७७ कार्तिक ७ गते सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी मणि थापाले कलासाहित्यको समाजवादी स्वरूपका बारेमा सात वटा बुँदामा आफ्नो सारगर्भित व्याख्यान प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता समाजवादी कलासाहित्यको प्रथम महत्त्वपूर्ण विषय भएको बताउनुभयो । वर्ग समाप्त भयो भन्नु वा वर्गभन्दा माथि उठेको दावी समाजवादमा गर्न नसकिने पनि उहाँले बताउनुभयो । त्यस्तै, उहाँले सर्वहारा अन्तर्राष्ट्रवाद समाजवादी कलासाहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको बताउनुभयो । समाजवाद विश्वव्यवस्था भएकाले सर्वहारा अन्तर्राष्ट्रवादलाई समाजवादी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार