कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार कला/साहित्य

काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट २०७७ कार्तिक ७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी मणि थापाले कलासाहित्यको समाजवादी स्वरूपका बारेमा सात वटा बुँदामा आफ्नो सारगर्भित व्याख्यान प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता समाजवादी कलासाहित्यको प्रथम महत्त्वपूर्ण विषय भएको बताउनुभयो । वर्ग समाप्त भयो भन्नु वा वर्गभन्दा माथि उठेको दावी समाजवादमा गर्न नसकिने पनि उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले सर्वहारा अन्तर्राष्ट्रवाद समाजवादी कलासाहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको बताउनुभयो । समाजवाद विश्वव्यवस्था भएकाले सर्वहारा अन्तर्राष्ट्रवादलाई समाजवादी कलासाहित्यले यसलाई प्रतिबिम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समाजवाद स्थापना भइसकेपछि पनि साम्राज्यवादसित जीवनमरणको सङ्घर्ष हुनु र त्यसको प्रतिबिम्ब कलासाहित्यमा देखा पर्नु समाजवादी कलासाहित्यको तेस्रो पक्ष भएको उहाँको तर्क थियो ।

समाजवादी व्यवस्थाभित्रको आलोचनात्मक चेत समाजवादी कलासाहित्यको चौथो तत्त्व भएको उहाँले बताउनुभयो । हाम्रो समाजमा आलोचनालाई भण्डाफोरको रूपमा बुझ्ने कमजोरी रहेकोतर्फ इङ्गित गर्दै उहाँले आलोचनाभित्रको रचनात्मकतातर्फ कम्युनिस्टहरूको ध्यान जानुपर्ने बताउनुभयो ।

समाजवादअन्तर्गत पनि निरन्तर क्रान्तिको सिद्धान्त लागु गर्नु र त्यसलाई कलासाहित्यमार्फत् हुने अभिव्यक्तिलाई उहाँले पाँचौँ तत्त्व बताउनुभयो । कुनै पनि वस्तुको एकको दुईमा विभाजन हुने हुनाले विपरीतको माझमा जीवनमरणको सङ्घर्ष चलाउनु नै निरन्तर क्रान्तिको सिद्धान्त भएको उहाँको भनाइ थियो ।
दैनिक समस्या समाधामा ध्यान दिँदै क्रान्तिलाई अगाडि बढाउनु समाजवादको छैटौँ महत्त्वपूर्ण पक्ष भएको बताउँदै उहाँले यस्तो सिद्धान्तको अभिव्यक्ति समाजवादी कलासाहित्यमा देखिनुपर्ने बताउनुभयो ।

साम्यवादी आदर्श स्थापित गर्दै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनु समाजवादी कलासाहित्यको सातौँ महत्त्पूर्ण तत्त्व भएको उहाँले बताउनुभयो । जसरी नयाँ जनवादले समाजवादको लागि ढोका खोलिदिन्छ, त्यसरी नै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले प्रगतिशील लेखकहरूले समाजवादी बिम्बलाई आधार बनाएर लेखनको नयाँ सिलसिला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नारायण मरासिनी, प्रकाश थापामगर, हरिप्रसाद सिलवाल र गिरीप्रसाद बुढाले पूरक टिप्पणी राख्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार