पर्या–पर्यटनको आकर्षक गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज
नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रूपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ। सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा घोषणा भएको हो। यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको छ। यसको कुल क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छ भने यसको मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सुविधा दिनका लागि २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भेगमा केही सल्लाका जङ्गल रहे पनि तराईतर्फको धेरैजसो भाग सालको जङ्गलले ढाक्नुका साथै बीचमा ठूला घाँसेमैदान रहेका छन्। विशेषतः पाटेबाघको मुख्य वासस्थान क्षेत्र रहेका कारण उनीहरूको आहारा प्रजातिको थप पढ्नुहोस् ...













