राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक षड्यन्त्र निस्तेज पार्न कम्युनिस्ट एकताको अपरिहार्यता
गत भाद्र २३ र २४ गते नेपालमा अभूतपूर्व आन्दोलनको लहर देखा पर्यो। आम प्रचलनको भाषामा ‘जेनजी’ आन्दोलन भनेर चिनिन थालेको दुई दिने प्रदर्शन अब नेपालको इतिहासमा अविस्मरणीय घटनाका रूपमा रहनेछ। वि.सं. ००७/०४७ तथा ०६३/०६४ का आन्दोलनपछि देशभर यति व्यापक र सशक्त आन्दोलन देखिएको थिएन। विभिन्न समयमा युवाहरूले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र दण्डहीनताविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रोश र कुण्ठा व्यक्त गर्दै आएका थिए। तथापि, सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको असन्तुष्टिमा पेट्रोल खन्याउने काम गर्यो। त्यसैको विस्फोट अन्ततः ‘जेनजी’ आन्दोलनका रूपमा प्रकट भयो। नियोजित रूपमा राज्यको मूर्त स्वरूप मानिने न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गर्नु, साथै नेताहरूका घर, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्न उद्यत हुनुका पछाडि कतै न कतै वर्तमान संविधान र राष्ट्रलाई थप पढ्नुहोस् ...













