तेस्रो जनआन्दोलनको पूर्वसन्ध्यामा देश
एउटा सामान्य नेपाली नागरिकले विगत ७०–७५ वर्षको देशको समयावधिलाई फर्केर नियाल्दै गर्दा राजनैतिक रूपमा सन्तोष गर्ने ठाउँ खोज्नैपर्ने हुन्छ । हाम्रो बाजेको पुस्तादेखि शुरू भएको राजनैतिक आन्दोलन अहिले नातीको पुस्तामा आईपुग्दा समेत अधुरो,अपुरो र अपूर्ण नै छ।लामो समयसम्म मुलुकले आफ्नो राजनैतिक गन्तव्य नै खुट्याउन नसक्दा वा यो प्रकृयामा निरन्तर अनपेक्षित ब्यवधानहरू आईलाग्दा त्यसको दुष्परिणाम भोग्नु हाम्रो नीयती झैं बन्न पुगेको छ । हाम्रा निकटतम छिमेकीहरू भारत र चीनले साम्राज्यवादी–विस्तारबादीहरूको खुनी पञ्जाबाट स्वतन्त्रता प्राप्त गर्दैगर्दा, नेपाल आफ्नै सतत सार्वभौमिकताको अक्षुण गाथा सुनाएर बसिरहेको थियो । स्वतन्त्रता प्राप्ति पछिका अनेकौं कहालिलाग्दा परिस्थिति सामना गर्दै ती मुलुकहरू राजनैतिक स्थायित्व पक्रेर समृद्धी अंगाल्ने हैसियतमा उक्लिसकेका छन् । तर हाम्रालागी अझै राजनैतिक स्थायित्व नै मृगमारिचिका जस्तै भएको छ । समृद्धी त झन् अझ टाढाको बिषय थप पढ्नुहोस् ...











