मौलाउँदै छन्, सुषुप्त भएका माओवादीरुपी अंकुरणहरु

नवराज सिंखडा 'जिज्ञासु' ९ चैत्र २०८१, आईतवार

दश वर्षको महान जनयुद्धको महान जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विहानी उदाएको सर्वविदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विहानी ल्याउने महान् जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीको अध्यक्ष हुँदै हाल नेकपा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका मुख्य पात्र हुन् । जसको नेतृत्वमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगे, उनको नेतृत्व आजपर्यन्त देशले प्रत्यक्ष रुपमा पाइरहेको छ ।

जनयुद्धको जगमा उदाएको तिनै पार्टी नेकपा माओवादीले २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको २४० सिटमध्ये १२० सिट जित्यो । समानुपातिकतर्फ माओवादीले करिब ३१ लाख मत पायो । पहिलो संविधानसभामा माओवादीको बलियो र पुरातनवादी दलको निम्ति अप्रत्याशित उपस्थिति भयो । जनताको अभिमतमा पहिलो बनेको माओवादी त्यसपछिको पार्टीको आन्तरिक जीवनमा पनि एक हुन सकेन । जनताले रगत र पसिना सम्झेर दिएको मतलाई नबुझी माओवादी आन्तरिक कलहमा फस्यो । त्यसपछिका १६ १७ वर्ष निरन्तर माओवादीका लागि सुखद रहेन । पहिलो दलको हैसियतमा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार त बनायो, तर जनताको अभिमत अनुसार परिणाम दिन सकेन । अध्यक्ष प्रचण्ड नै भन्छन्, अनुभवको कमीले गर्दा पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेझैँ काम गर्न सकेनौँ । पार्टीभित्रको उस्तै कलह, माओवादीले पाएको अभिमतमा पुराना भनिएका दलले मानेको आश्चर्य, देशको परिस्थितिलाई माओवादीले नै सही ढंगले बुझ्न नसक्दा पअिहलो संविधानसभाबाट संविधान बन्न सकेन ।

पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनाएर पठाएको माओवादीबाट अपेक्षित काम नभएपछि जनतामा निराशा छायो । जनतामा छाएको निराशा अस्वभाविक थिएन । माओवादीलाई आफ्नो अभिमतमा सबैभन्दा ठूलो बनाएको तिनै सार्वभौम जनताले फेरि २०७० सालको दोस्रो संबिधानसभामा माओवादीलाई ८० सिटमा खुम्च्याईदियो । दोस्रो संबिधानसभाबाट संविधान बनाउँदा आफ्नो सिट कमजोर भएको कारण संविधानमा आफुले उठाउँदै आएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाउने ब्यबस्था जस्ता महत्वपूर्ण मुद्धाहरु स्थापित गर्न सकेन र सम्झौताको संविधान बनाउन सहमती गर्नुपर्यो ।

संविधान बनेपछि भएको निर्वाचनमा पार्टी एकता गर्ने उद्देश्यसहित वामपन्थी दलहरु नेकपा एमाले र माओवादी मिलेर चुनाव लडे । परिणाम पनि नेकपाको पक्षमा राम्रै आयो । पार्टी एकता पनि भयो दुई तिहाईको शक्तिशाली सरकार पनि बन्यो । तर तत्कालीन प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको एकात्मक निरंकुश र स्वेच्छाचारी ढङ्गले सरकार चलाउने प्रवृत्तिका कारण नेकपाले पाएको झण्डै दुईतिहाई बहुमत तुहियो । पार्टीभित्रको आन्तरिक संघर्ष चर्किदै जाँदा पार्टीका हरेक कमिटिमा अल्पमतमा परेसँगै आफ्नो प्रधानमन्त्री पद गुम्ने निश्चित भएपछि ओलीले असंवैधानिक ढंगले त्यतिबेला संसद नै विघटन गरिदिए । ओलीको त्यो स्वेच्छाचारी र असंवैधानिक कदमका विरुद्धमा नेकपाकै अध्यक्ष रहेका प्रचण्ड र माधव नेपाल लगायतले सडक संघर्ष गरे । अदालतले संसद पुनसर््थापना गर्ने फैसला गर्यो । तर, नेकपा नाम विवादको रिटको फैसलामा फेरि अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्कायो । एमाले र माओवादी अलग पार्टीको अस्तित्वमा रह्यो । अदालतबाट पुनस्थापना गरिएको प्रतिनिधिसभामा काङ्ग्रेससङ्ग मिलेर सरकार बनायो । त्यसपछी झनै माओवादीको उल्टो यात्राले गति लिन थाल्यो । विवगतमा बर्ग शत्रु घोषणा गरेको काङ्ग्रेस सङ्ग मिलेर चुनाब लड्ने निर्णय गरियो । जुन कुरा आफैमा जायज र स्वभाबिक थिएन ।

काङ्ग्रेससङ्ग मिलेर लडेको २०७९ को निर्वाचनको परिणाम काङ्ग्रेसको पक्षमा राम्रो देखिए पनि माओवादीको पक्षमा राम्रो देखिएन । माओवादीहरु इमन्दार भएर रुखमा भोट हाले पनि धेरैजसो काङ्ग्रेसहरु हसिया हथौडामा भोट हाल्न राजी भएनन, जसको परिणामस्वरूप ४४ क्षेत्रमा प्रतिनिधि उठाउँदा मुस्किलले १८ सिटमा जित हासिल भयो । देशैभरी आफ्ना प्रतिनिधि नहुँदा प्रचारप्रसारको अभावले गर्दा समानुपातिकमा समेत मत घट्यो । माओवादीको ओरालो यात्रा देखेर काङ्ग्रेस एमालेहरुले सार्वजनिक रुपमै माओवादीको अस्तित्वमाथि प्रश्न गर्न थाले । आफुहरुले नै माओवादीलाई बचाएको जस्तो कुरा गरेर होच्याउन थाले । आगामी दिनमा माओवादीको अस्तित्व नरहने पत्तासाफ हुने जस्ता कुराहरु प्रचार गर्न थालियो, जति होच्याए पनि माओवादीसँगै सहेर बस्नुको बिकल्प थिएन किनकी पर्दा वाहिर देखिएको नै त्यही थियो ।

जब प्रचण्ड तेश्रोपटक मुलुकको प्रधानमन्त्री बने, संसदको रोस्ट्रमबाट नै प्रचण्डले आफुले विगतका गल्तिहरुको आत्मसमिक्षा गर्दै अब गल्ती नगर्ने सके राम्रो गर्ने नसके नराम्रो नगर्ने प्रतिबद्धता जारी गरेका थिए। त्यसै अनुरुप प्रचण्ड प्रधानमन्त्री हुँदा सुशासनका महाअभियान चल्यो । नक्कली भुटानी शरणार्थी कान्डमा सत्ता सहयात्री दल काङ्ग्रेसको शक्तिशाली नेतालाई जेल पठाए, सुन तस्करिको आरोप लागेका आफ्नै पार्टिका नेताहरुलाई अनुसन्धानमा ल्याए, दिनानुदिन सुन तस्करहरु पक्राउ पर्न थाले, सरकारी जग्गा हडपेर आफ्नो नाममा गर्नेहरुलाई पक्राउ गर्दै जग्गा सरकारको नाममा ल्याउने काम गरे, अन्तरास्ट्रिय संबन्ध मजबुत बनाउन भुमिका खेले, बिग्रदै गएको अर्थतन्त्रमा सुधार ल्याए, बिस्तारै जनताको पक्षमा काम गर्दै थिए जनतामा माओवादी ले केही गरेको छ, गर्ने त माओवादी र प्रचण्ड नै रहेछन भन्ने भान हुँदै थियो त्यति बेलै जब नक्कली भुटानी शरणार्थी कान्डको मुख्य अभियुक्त बेचन झा पक्राउ पर्यो तब काङ्ग्रेस एमालेको हेडक्वाटर हल्लियो र रातारात ७ बुदे सम्झौता गरेर प्रचण्ड सरकार ढालेर उनिहरुले सरकार बनाए । संसदका दुई दल मिलेर सरकार बनाएपछी चाहेर वा नचाहेर पनि अब माओबादी प्रतिपक्षमा धकेलियो ।

माओवादीलाई सरकारबाट बाहिर पठाउदा र काग्रेस एमाले मिलेर सरकार बनाउँदाको ७ वुदे सहमतिको एउटा बुदा थियो ः आगामी दिनमा माओबादिलाई काङ्ग्रेस एमाले दुइटैले साथ नदिने । यो कुरा बाहिरिएपछि माओवादीले भन्यो, कि हामीलाई पनि तिमिहरुको साथ चाहिदैन हामी एक्लै लड्छौ जे परिणाम आउँछ त्यही भोग्छौ । त्यही भन्यो र ब्यवहारत एक्लै लड्न शुरु पनि गर्यो । जसको सुरुवाट टान निर्वाचनबाट गरिएको थियो काङ्ग्रेस र एमाले निकट पर्यटन व्यवसायीविरुद्ध माओवादी निकट पर्यटन व्यवसायी एक्लै चुनाव लड्यो । माओवादी निकट व्यवसायीले जित निकाल्न सफल भयो । यसबाट माओवादिमा थोरै उर्जा पलायो त्यसरी नै सत्ता गठबन्धनविरुद्ध पत्रकार महासंघको निर्वाचनमा पनि एक्लै लड्यो । उत्साहजनक रुपमा बिजयी भयो । त्यसपछी स्थानिय तह उपनिर्वाचनको परिणामले माओबादीमा थप जोस जागर र हौसला उत्पन्न भयो। अहिले स्वबियु निर्वाचनको परिणामसम्म हेर्ने हो भने माओबादिको पक्षमा राम्रै नतिजा आएको देखिन्छ। यसबाट माओवादीप्रति जनताको अपेक्षा बढ्दै छ भन्ने परिणामबाट पुष्टि भएको छ ।

यी सबै हुनुका पछाडी केही कारण हरु छन जस्तै

१. बर्तमान लगभग दुइतिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्नु, आफ्ना जस्तोसुकै गलत काम गर्दा पनि जोगाउने अरुलाई ठोक्ने, भ्रस्टाचार र दलालहरुको संरक्षण गर्ने जस्ता गलत काम गर्दा जनताको अपेक्षा माओवादीप्रति बढेको देखिन्छ ।
२. प्रचण्डले पछिल्लो पटक १८ महिना सरकारको नेतृत्व गर्दा गरेका सकरात्मक कामका प्रभाबहरुले जनताको आकर्षण माओवादीप्रति स्वभाविक रुपमा बढेको छ ।
३. माओवादी र यसको नेतृत्व पंक्तिमा रहेका नेताहरुले गठबन्धनको नाममा हरेक प्रकारको चुनावमा तालमेल गर्ने अनि फरक बिचार र फरक सिद्धान्त बोक्नेहरुलाई मत हाल्न उर्दि जारी गर्ने गर्दा आजित भएका माओवादिलाई माया गर्नेहरु मौन बसेका थिए । जब अहिले माओवादी हिम्मत गरे तब ती सुषुप्त रुपले लुकेर बसेका माओवादीका क्रान्तिकारी भमराहरु जुरमुराउदै अघि आए र आफ्नो स्वरुप देखाए त्यसैको परिणाम स्वरुप अहिलेको नतिजा देखिएको हो।

४. माओबादी नेता र नेतृत्व विभिन्न अभियानको नाममा बिगतका गल्ती कमजोरिको आत्मसमिक्षा गर्दै जनताको घर दैलोमा जाने उनीहरुको दुख सुख बुझ्ने शहिदपरिवार घाईते अपाङ्ग भेट्ने उनिहरुसङ्गै बस्ने खाने हिड्ने, आश्वासन दिनेजस्ता कार्यहरु गर्दाको परिणाम हो । जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान, तराई मधेश केन्द्रित हुलाकी राजमार्ग अभियान, जस्ता कार्यक्रमबाट जनतामा माओबादी केन्द्रप्रतिको आकर्षण बढेको छ, शहर बजारका केही मान्छेहरुले माअ‍ोवादीप्रति केही नकरात्मक दृष्टिकोण राखे पनि दुरदराजका गरिब निमुखा र सर्वहारा जनताले आशाको केन्द्र माओबादी नै हो भन्ने बुझेका छन भन्ने कुरा अहिलेको परिणामहरुबाट प्रस्ट हुन्छ।

अहिले देखिएको सामन्य उत्साहबाट माओबादी हौसिन जरुरी छैन, के के न भएझै फेरि जनता बिर्सिएर सरकारमा र्याल काढ्दै जाने काम नगरोस, यो वा त्यो बहानामा जनतासङ्ग टाढा हुने काम नगरोस जनतासङ्ग अहिले देखिएको निकटता र सामिप्यतालाई टिकाईराकोस, सरकारले गरेका गलत कामको भन्डाफोर गर्दै जनजिविका,जनताको दुख सुख पीडाहरुमा मलम लगाउने प्रयत्न गर्दै अघि बढोस, सहिद घाईते र अपाङ्गहरुको स्वामित्व लिएर अघि बढोस, आगामी दिन सुखद हुने नै छ यी कुरा बिर्सिएर फेरि सत्ता र शक्ति पछि पर्न थाल्यो भने अहिले देखेको यो आश भरोसा अनि बिश्वास र सफलता हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ।

-दोहा कतार

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *