कोरोनाविरुद्ध कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोप आगामी वैशाखरजेठमा मात्र आइपुग्ने
काठमाडौं । कोरोनाविरुद्ध कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोप आगामी वैशाखरजेठमा मात्र आइपुग्ने भएको छ। कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित पत्र पठाएर यस्तो जानकारी गराएको कोभिड–१९ खोप संयोजक डा श्यामराज उप्रेतीले बताए। ‘कोभ्याक्सले मन्त्रालयमा एक साताअघि पत्र पठाएर सन् २०२१ को दोस्रो चौमासिकभित्र खोप पठाउने मिति तोकेको हो,’ डा उप्रेतीले भने। कोभ्याक्स कोभिडविरुद्धको खोप धनी र गरिब देशले बराबर पाउनुपर्छ भन्ने उद्देश्यका लागि विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायत संस्था मिलेर बनेको एलाइन्स हो। कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी खोप दिने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीले भने गत कात्तिकमै कोभ्याक्सले उपलब्ध गराउने खोप तीन महिनाभित्र नेपालमा आउने संकेत गरेका थिए। कोभ्याक्सले उपलब्ध गराउने खोप ढिला आउने भएपछि सरकारले आपत्कालीन प्रयोजनका लागि खोप किन्ने प्रक्रिया थप पढ्नुहोस् ...






