एकैदिन ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार सात सय ३७ परीक्षणमध्ये आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन् । आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन् । यस्तै होम थप पढ्नुहोस् ...





