हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन
भोजपुर। आधुनिक बाजाको प्रयोग बढेसँगै नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेको परम्परागत पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ। पुस्तान्तरणको कमी, बजाउने सीप भएका व्यक्तिको अभाव र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको भनाइ छ। स्थानीय नीरबहादुर परियारका अनुसार बजारमा आधुनिक बाजाको सहज पहुँच भएपछि विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा पञ्चेबाजाको प्रयोग घट्दै गएको छ। पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्र प्रयोग गरिन्छ। हाल गाउँघरमा यस्ता बाजा र बजाउने सीप भएका व्यक्ति भेट्नै गाह्रो भएको उनले बताए। “पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन सुनिन्थ्यो, तर अहिले डिजे बाजाले ठाउँ लिँदा परम्परागत बाजा ओझेलमा परेका छन्,” परियारले भने। नेपालकै मौलिक संस्कृति झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा संरक्षणमा थप चुनौती आएको स्थानीय थप पढ्नुहोस् ...













