घर–आँगनमै सामाजिक भत्ता बाँड्दै खानीखोला सरकार, वृद्धवृद्धा खुसी
काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई नागरिकमैत्री बनाउँदै घर–आँगनमै सेवा पुर्याउने अभियानलाई तीव्र बनाएको छ। यसअघि भत्ता बुझ्न गाउँपालिकाको केन्द्र ताल्ढुंगासम्म पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले भने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ नेतृत्वको सरकारले सेवाग्राहीकै घरदैलोमा पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय नागरिक हर्षित बनेका छन् । गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वडा–वडामा पुगेर वितरण भइरहेको छ। ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता तथा अन्य लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल एसबिआई बैंकसँगको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो। पहिले भत्ता बुझ्नका लागि वृद्धवृद्धा नागरिकले ५ देखि ६ घण्टासम्म पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र जानुपर्ने र विभिन्न झन्झट खेप्नुपर्ने अवस्था थियो। कतिपयले त थप पढ्नुहोस् ...













