श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशलाई आज मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिनुभयो । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोवाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार