भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो । भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार यो प्रतिबन्ध ‘तत्काल प्रभाव’ बाट लागू भएको छ । आदेशमा सीमित अपवादबाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ । यसअघि नै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छुट दिइने जनाइएको छ । सरकारले अन्य मुलुकसँग खाद्य सुरक्षासम्बन्धी सरकारी सम्झौताअन्तर्गत हुने निर्यातलाई भने अनुमति दिइने स्पष्ट पारेको छ । नयाँ व्यवस्था आगामी सेप्टेम्बर ३० सम्म कायम रहनेछ । भारतले यस्तो निर्णय आगामी चिनी उत्पादनलाई लिएर बढ्दो चिन्ताबीच गरेको हो । अक्टोबरबाट सुरु हुने नयाँ चिनी उत्पादन सिजन एल निनो थप पढ्नुहोस् ...













