पोखरामा विश्व बैंकको सहयोगमा तीन वटा सडक निर्माणाधीन
गण्डकी । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा हाल तीन वटा सडक निर्माणाधीन छन्। विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको स्तरोन्नतिको काम भइरहेको छ। पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भएको थियो र त्यसपछि सडक निर्माण सुरु भएको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए। सम्झौताको अवधि पाँच वर्षका लागि तय गरिएको थियो भने हाल एक वर्ष म्याद थपिएको छ। तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ भने तालचोक–बेगनास सडकको ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति ४० प्रतिशत छ। तालचोक–बेगनास सडक विसं २०७९ चैतदेखि निर्माण थालिएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण काम समयमै सकिएको छैन। “निर्माण कम्पनीले प्रतिबद्धता थप पढ्नुहोस् ...













