प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्

दाङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनय दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन् । यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यू रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता रहेको छ । प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ छ । यसमा ३९४ जना विभिन्न राजनीतिक दलका र२०५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार