माओवादी केन्द्र निर्वाचन क्षेत्र १ (क) रोल्पाको भेला तथा प्रशिक्षण कार्यक्रम सुलिचौरमा सम्पन्न

उज्यालो प्रतिनिधि १ चैत्र २०८१, शनिबार लुम्बिनी

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति १ (क) रोल्पाद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम सुनिलस्मृती गाउँपालिका–४, सुलिचौरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरा, विशिष्ट अतिथि पुर्व लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन ‘सिजल’, प्रदेशसभा सदस्यहरू, प्रदेश सल्लाहकारहरू, पालिका सल्लाहकारहरू लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि पुनले वर्तमान सत्ता गठबन्धनको अस्थिरता औंल्याउँदै भने, “माओवादीले चाहे सरकार तुरुन्तै ढल्न सक्छ। कांग्रेस र एमालेको सरकार दुर्गन्धित भइसकेको छ। अब नेपाली जनताले कांग्रेस–एमालेले गरेका कामहरूको हिसाब–किताब गर्नेछन्।” उनले थपे, “माओवादी पार्टी जनताको घर–आँगनमा आइसकेको छ। माओवादी हिजो पनि जनताको पार्टी थियो, आज पनि जनतासँगै छ, जनताको झुपडीमा रमाइरहेको छ।”

त्यस्तै, प्रमुख अतिथि महराले शान्ति प्रक्रियामा आएको ३० वर्ष पूरा भइसकेको उल्लेख गर्दै भने, “हामीलाई जनताले आफू भोको रहेर हाम्रो पेट भरेका थिए। जंगलमा हामीलाई खाना पकाएर खुवाउने तिनै वृद्ध बुवा–आमाहरू अहिले कहाँ छन्? उनीहरूको अवस्था बुझ्नुपर्छ। ती बुढा–बुव आमाका घरमा पुगेर सुख–दुःख साट्नुपर्छ, उनीहरूको समस्या बुझेर समाधानको पहल गर्नुपर्छ।” उनले नेता–कार्यकर्ताहरूलाई जनतासँग अझै नजिक पुग्न निर्देशन दिए।

कार्यक्रमको अध्यक्षता दिल बहादुर घर्ती (बियोग) ले गरेका थिए भने कार्यक्रमको समापन समेत उनले नै गरे। कार्यक्रममा सहभागी नेताहरूले पार्टी सशक्त बनाउन प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार