रोल्पाको चन्द्र प्रभा माविमा फेरि विवाद : प्रअ नियुक्तिमा मनपरी, शिक्षा नियमावलीको ठाडै उल्लंघन
रोल्पा । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका–३ मा अवस्थित चन्द्र प्रभा माविमा प्र.अ. (प्रधानाध्यापक) नियुक्तिको विषय फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय कानुनविपरीत भएको भन्दै विद्यालय बैठकदेखि सामाजिक सञ्जालसम्म व्यापक बहस सुरु भएको छ। यसअघि सोही विद्यालयका शिक्षक ओमप्रकाश बिष्टले पूर्व विद्यालय व्यवस्थापन समितिले शिक्षा नियमावली २०५९ को नियम ९३ विपरीत प्रधानाध्यापक नियुक्त गरेको आरोप लगाउँदै उच्च अदालत तुलसीपुरमा वि.व्य.स. र स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेका थिए। तर अहिले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले पूर्व निमित्त प्र.अ. रतनलाल सुवेदीलाई कुनै प्रक्रिया नअपनाई हटाउँदै फेरि विवादित छवि बनाइसकेका शिक्षक ओमप्रकाश बिष्टलाई नै अनिश्चितकालीन निमित्त प्र.अ. को जिम्मेवारी दिएको छ। यो निर्णय शिक्षा नियमावली २०५९ को नियम ९३ र सुनिलस्मृति गाउँपालिका शिक्षा नियमावली २०७५ को परिच्छेद ९, नियम ५१ विपरीत थप पढ्नुहोस् ...








