पोखरामा विश्व बैंकको सहयोगमा तीन वटा सडक निर्माणाधीन

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०८२, बिहीबार लुम्बिनी

गण्डकी । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा हाल तीन वटा सडक निर्माणाधीन छन्। विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको स्तरोन्नतिको काम भइरहेको छ।

पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भएको थियो र त्यसपछि सडक निर्माण सुरु भएको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए। सम्झौताको अवधि पाँच वर्षका लागि तय गरिएको थियो भने हाल एक वर्ष म्याद थपिएको छ।

तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ भने तालचोक–बेगनास सडकको ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति ४० प्रतिशत छ।

तालचोक–बेगनास सडक विसं २०७९ चैतदेखि निर्माण थालिएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण काम समयमै सकिएको छैन। “निर्माण कम्पनीले प्रतिबद्धता अनुसार काम अगाडि बढाउन सकेको छैन, समयमै काम सक्न हामी दबाब दिइरहेका छौँ,” इन्जिनियर गौतमले बताउनुभयो। जग्गा विवादले पनि निर्माणमा असर पारेको छ।

तीन किलोमिटरभन्दा बढी लम्बाइको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ कम्पनीले जिम्मा पाएको छ। योजना अनुसार रु १ अर्ब ४९ करोड लागतमा काम हुँदैछ भने ठेक्का रु ७५ करोड ४८ लाखमा सम्झौता भएको छ। सडकमा फुटपाथ, साइकल लेन, सडक बत्ती र पार्किङ पनि रहनेछ। सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालय र तीन वटा पुल पनि बन्नेछन्।

शिशुवा–सिसाघाट सडक अन्तर्गत खुदी खोला पुलसम्मको ४.१४ किमि सडक पनि निर्माणाधीन छ। यसमा फुटपाथ, साइकल ट्रेक र सडक बत्ती रहनेछन्। आशीष निर्माण सेवाले रु ३४ करोड ११ लाखमा काम पाएको थियो र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।

दुबै सडकले पोखरा क्षेत्रका आर्थिक र पर्यटकीय गतिविधिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

दोस्रो वैकल्पिक सडकको रूपमा हेरिएको दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक १२.४४ किमि लम्बाइको छ। यो सडक गत वर्ष असारदेखि निर्माण भइरहेको छ र यसको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ। आशीष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा काम पाएको थियो। सम्झौता म्याद थपिएको छ।

यो सडकको दायाँबायाँ तीन मिटर क्षेत्रमा फलफूलका बिरुवा रोपिएको छ। पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीका अनुसार यो सडक तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण हुनेछ र यातायात सुविधा सहज बनाउँदा स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुग्नेछ।

अध्यक्ष अधिकारीले पोखरा महानगरपालिकामा समेटिए पनि पूर्वका ग्रामीण क्षेत्रहरू अपेक्षित विकास नपाएको बताए र ती क्षेत्रलाई बजेट र कार्यक्रममा प्राथमिकता दिन महानगर नेतृत्वसँग पहल गरिरहेको उल्लेख गरे।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार