सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ
आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो । आजको दिन हजारौँ हजार नेपाली जनताको त्याग र बलिदानको जगमा ऐतिहसिक रुपमा संविधान निर्माण भएको दिन हो । यसपटकको संविधान दिवसम्म आइपुग्दा संविधानलाई सम्पूर्ण शक्ति लगाएर बचाउनुपर्ने अवस्था आइलागेको छ । संविधानसभाबाट जनताको प्रतिनिधिले इतिहासमा पहिलोपटक संविधान निर्माण गरेको विषय हाम्रो लागि कुनै टाढाको इतिहास थिएन । हाम्रो संविधानमा उल्लेख भएका कतिपय प्रावधानहरुका कारण यो संविधान उत्कृष्ट र ऐतिहासिक थियो । तर, संविधानको सफल कार्यान्वयन हुन नसक्दा फेरि जेन–जी विद्रोहबाट संविधानमाथि नै प्रश्न उठाएका छन् । त्यसो त यो संविधान जारी गर्दैगर्दा पनि देशमा खुुसीसँगै असन्तुष्टि देखिएको थियो । मधेसको असन्तुष्टिले देशलाई नाकाबन्दीसम्म पु¥याएकै थियो । एकातिर संविधान निर्माण थप पढ्नुहोस् ...











