डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने
डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै जलेश्वर (महोत्तरी) । जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो । उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ । कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा थप पढ्नुहोस् ...












