माओवादी केन्द्र : विगत, वर्तमान र भविष्यको बाटो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाली राजनीतिमा क्रान्तिकारी विचार र परिवर्तनकारी एजेन्डाहरूको पर्याय बनेको छ । जनयुद्धदेखि संविधान निर्माणसम्म पार्टीले उठाएका मुद्दाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । विशेषगरी, हालैको जेन जी आन्दोलनले अघि सारेका प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र भ्रष्टाचारविरोधी अभियान जस्ता मुद्दाहरू माओवादीले दशकौँअघि नै प्रस्तुत गरेको थियो । यी समानताहरूले माओवादीको दूरदर्शितालाई पुष्टि गर्छन् । तर, तत्कालीन ठूला दलहरूको असहयोग र आन्तरिक कमजोरीहरूले यी एजेन्डाहरूलाई कार्यान्वयनमा अवरोध पुर्यायो। अबको बाटो भनेको आर्थिक समृद्धि, समाजवादी अर्थतन्त्र र नेतृत्व सुधारमा केन्द्रित भएर अगाडि बढ्नु हो । माओवादी केन्द्रले स्थापनाकालदेखि नै नेपाली समाजमा आमूल परिवर्तनका लागि क्रान्तिकारी एजेन्डाहरू अघि सारेको छ । जनयुद्धको समयमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारविरोधी थप पढ्नुहोस् ...



