अधिवक्ता पाण्डेलाई कार्वाहिको माग गर्दै सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र

उज्यालो प्रतिनिधि २३ श्रावण २०८०, मंगलवार २ नं. प्रदेश

सिराहा । नेपाल तामाङ घेदुङ सिराहा जिल्ला समिति र नेपाल मगर संघ जिल्ला कार्य समिति सिराहाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सिराहा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र प्रदान गरेको छ । धन प्रसाद मोक्तान र प्रकाश दर्जा मगरले संयुक्त रुपमा ज्ञापन पत्र प्रदान गरिएको हो ।

ज्ञापन पत्रमा शितल भन्ने भगवती पाण्डे अधिवक्ताले प्राइम टाइम टेलिभिजनमा गत साउन ७ गते दिक्पाल कार्कीद्धारा सञ्चालीत चिया गफ कार्यक्रमको अन्तरवार्ताका क्रममा तामाङ र मगर जातीमा दाजुबहिनि बीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मीएको बच्चा अपराधिक मानसिकताको हुनुका साथै यस्तो मानीस भैसी र बाख्रा भन्दापनी तुच्छ हुन्छ भनी दिएको अभिव्यक्ति प्रति घोर भत्सर्ना भएको उल्लेख गरीएको छ ।

विज्ञप्ती मार्फत तामाङ र मगर समुदायलाई अपराधिकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम हदै सम्मको सजाय, शान्तिपुर्ण आन्दोलनमा सहभागी अभियान्ताहरुलाई बल प्रयोग गरी चरम यातना दिने टेकु र काठमाण्डौँका प्रहरी वरिष्ठ उपरिक्षक दान ब कार्की सहित सबै प्रहरीलाई कार्वाहि र साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौँ अभियन्ताहरुलाई उपचार खर्च सहित उचित क्षतीपुर्तीको माग गरीएकोे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार