युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूल] बताएका छन् ।
अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन् ।
युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्य पछि पुनः आक्रमण भएको हो ।
दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडिसामा भएको मिसाइल ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले टेलिग्राम मार्फत जनाएका छन् ।
राजधानी किएभमा भएको आक्रमणमा १२ वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको सहरका मेयर भिटाली क्लिट्स्कोले बताउनु भएको छ ।
युक्रेनको आपतकालीन सेवाले विस्फोटले भवन र कारहरूमा आगलागी हुनुका साथै क्षति पुगेको जनाएका छन् ।
मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा तीन जनाको मृत्यु भएको क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले टेलिग्राम मार्फत बताउनु भएको छ ।
आक्रमणका क्रममा रूसी पक्षका, दुई बच्चाहरूको मृत्यु भएको गभर्नर भेनियामिन कोन्ड्रातयेभले बाताएक छन् ।
युक्रेनमा रूसले रातारात गरेको आक्रमण अघि राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो ।
किएभमा भएको आक्रमणमा कम्तीमा ४५ जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुमा अधिकाशं चिकित्सकहरू रहेको मेयर क्लिट्स्कोले बताएका छन् ।
युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको ड्रोन आक्रमणमा एक महिला र एक पुरुष घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले टेलिग्राम मार्फत बताएका छन् ।






