भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

काठमाडौँ । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्। उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए ।

मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ । कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार