मौलाउँदै छन्, सुषुप्त भएका माओवादीरुपी अंकुरणहरु
दश वर्षको महान जनयुद्धको महान जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विहानी उदाएको सर्वविदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विहानी ल्याउने महान् जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीको अध्यक्ष हुँदै हाल नेकपा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका मुख्य पात्र हुन् । जसको नेतृत्वमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगे, उनको नेतृत्व आजपर्यन्त देशले प्रत्यक्ष रुपमा पाइरहेको छ । जनयुद्धको जगमा उदाएको तिनै पार्टी नेकपा माओवादीले २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको २४० सिटमध्ये १२० सिट जित्यो । समानुपातिकतर्फ माओवादीले करिब ३१ लाख मत पायो । पहिलो संविधानसभामा माओवादीको बलियो र पुरातनवादी दलको निम्ति अप्रत्याशित उपस्थिति भयो । जनताको अभिमतमा पहिलो बनेको माओवादी त्यसपछिको पार्टीको आन्तरिक जीवनमा पनि एक हुन सकेन थप पढ्नुहोस् ...



