‘विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन’
हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको छ । पहिलो कुरा के बुझ्न जरुरी छ भने हेगमा कुनै पनि व्यक्तिले मुद्दा लड्न पाइदैन । कुनै पनि एउटा देशले अर्को देशको विरुद्ध मुद्दा लड्ने हो । मतलब नेपालले भारतको विरुद्धमा वा भारतले नेपालको विरुद्ध । कुनै एक व्यक्तिले अर्को व्यक्तिको विरुद्ध मुद्दा लड्ने ठाउँ होइन, हेग । तसर्थ, सर्वप्रथमत : हेगमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने कुरा वाइयात हो । म तपाईहरुलाई भन्न चाहन्छु, प्रचण्ड भन्ने व्यक्तिको नामको पक्षमा म छैन, तर म शान्तिप्रक्रियाको पक्षमा छु । जुन शान्तिप्रक्रियाका जिउँदो हस्ताक्षरकर्ता प्रचण्ड हुन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने थप पढ्नुहोस् ...











