देउवा–ओलीले रोजेको ‘प्रतिगामी बाटो’
१७ असार २०८१ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति बनेको विषयबारे सबै जानकार नै छौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबाट हस्ताक्षर भएको भनिएको सहमतिमा के–के छन् ? अहिलेसम्म सार्वजनिक भएको छैन । प्रथम दृष्ट्रिमा नै यति भन्न सक्छौँ कि यो गठबन्धन निर्माण आफैँमा अपारदर्शी छ । कांग्रेस एमाले समीकरण पारदर्शी थियो भने दुई दलबीच भएको भनिएको सहमति बाहिर ल्याउन केले रोक्यो ? के कारणले अप्ठ्यारो पर्यो ? उनीहरुबीचको सहमति देश र जनताको पक्षमा छ भने सार्वजनिक गर्न के–को डर ? समीकरण निर्माणको प्रारम्भमा नै एमाले कांग्रेस गठबन्धन प्रश्नको घेरामा कैद भएको छ । अंक गणितको खेलमा मात्रै रुमलिरहेको नेपालजस्तो देशमा सरकार परिवर्तन सामान्य विषय हो । संसदीय राजनीतिको यो थप पढ्नुहोस् ...













