चर्चित सेलो गीत ‘हेर्दैमा राम्री’ को भिडियो बजारमा सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक बजारमा संगीतलाई थप मजबुत बनाउने काम सेलो गीत संगीतहरुले गरिरहेका छन् । विशेषगरी तामाङ समुदायमा मात्रै सिमित भइरहेको सेलो गीतहरु पछिल्लो चरण सबै समुदायका मानिसहरुले उत्तिकै माया गरेको पाइन्छ । बरिस्ठ सेलो गायक एवं संगीतकार विश्व दोङको 'माया भन्दा ठुलो जात हैन ' बोलको गीत पछाडि दर्शकले रुचाएका गीत 'हेर्दैमा राम्री' को भर्खरै म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाल आर्मीको पोसाकमा गायक दोङ आफैले अभिनय गरेको उक्त भिडियोमा अध्यायनको क्रममा जापान बस्दै आएकि मोडल सोङ्मित थिङले साथ दिएकि छिन् । सुन्दरी चटपटेवालीले चटपटे खाना आएका आर्मीलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गरेका छन् । जनबादी गायिका कमला दोङको सुमधुर अवाज रहेको उक्त गीतको भिडियोको छायांकन जर्सिङपौवाको रमणीय स्थलहरुमा थप पढ्नुहोस् ...












