छट्टु वडा सदस्य ! वडाको छाप दुरुपयोग गरी करोडौंको जग्गा १० लाखमा हडप्ने प्रपञ्च

अनिस तामाङ १५ आश्विन २०८०, सोमबार समाचार

काठमाडौं । नुवाकोट जिल्लास्थित शिवपुरी गाउँपालिका वडा–८ का वडा सदस्य राम बहादुर पाठकले नक्कली कागजात बनाई करोडौं पर्ने जग्गा १० लाखमा बिक्री गर्न लागेको पाइएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित सदस्य हुन ।

स्थानीय भैरव प्रसाद पाठकले जग्गा धितोमा राखेर केही ऋण निकाल्न वडा सदस्य पाठकसँग सहयोग माग्दा उनले आफ्नो नजिकैको साथीले पैसा दिने तर त्यसको लागि कागज गर्नुपर्ने शर्त राखेका थिए ।

सोही वडाको १६४३ कित्ता नम्बर रहेको जम्मा क्षेत्रफल ४–०१–३ जग्गालाई जग्गाधनी भैरव प्रसाद पाठकलाई झुक्याएर वडा सदस्य राम बहादुरले धितोका लागि भन्दै बयानाको कागज बनाई बिक्री गर्न लागेको पाइएको हो ।

प्राप्त सुचना अनुसार वडा सदस्य राम बहादुरले काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने कविना श्रेष्ठ नेपाललाई १५ दिनभित्र जग्गा लिखत राजीनामा पास गरिदिने शर्तनामाको कागज गरी १ लाख ५० हजार बैना कागज गरेको खुलेको छ । यस विषयमा बुझ्न खोज्दा जग्गाका लागि बैना गरेकी कविना श्रेष्ठको भने टेलिफोन सम्पर्क हुन सकेन ।

सो कागजलाई वडा सदस्य राम बहादुरले वडा कार्यालयमा किर्ते ढंगले प्रमाणित गरेको समेत पाइएको छ । गत भदौं १७ गते वडाध्यक्ष केशव रिजाल कार्यालयमा उपस्थित भएको भए पनि वडासदस्य राम बहादुरले कार्यबाहक वडाध्यक्ष भन्दै वडाको छाप दुरुपयोग गरि वडाबाट उक्त बैना कागज प्रमाणिकरण गरेको खुलेको हो । सो कागज प्रमाणित गरे बापत उनले ५० हजार घुस लिएको समेत पाइएको छ ।

यस विषयमा वडा सदस्य पाठकसँग कुरा गर्दा उनले आफुले कागज नपढी छाप लगाएको बताए । उनले भने ‘उनीहरु एकआपसमा के कुरामा सहमत भएर आएको हो, मलाई थाहा छैन, मैले कागजको व्यहोरा नपढी वडाको छाप लगाए, यो मेरो गल्ती भयो, मैले कोहीसँग पैसा त के कालो चिया पनि पिएको छैन ।“

जग्गा धनि भैरव पाठकले भने आफुले जग्गा धितो भनेर हस्ताक्षर गरेको तर आफ्नो करोडौं पर्ने जग्गा १० लाखमा १५ दिनभित्र पास गर्नुपर्ने थाहा पाउँदा आफु छाँगाबाट खसेको जस्तो भएको बताए ।

उनले थप भने ‘मैले पैसा ऋणमा मागेको हुँ, ऋणमा पैसा दिनका लागि जग्गा धितोमा चाहिन्छ त्यसको लागि जग्गा धितोमा राखेको कागज गर्नुपर्छ भन्नुभयो मैले हुन्छ भनेर कागजमा सही गरे, ल्याप्चे लगाए तर कागजमा १ लाख ५० हजार बैना लिएको भनेर पो लेखेको रहेछ, फेरि मलाई १ लाखभन्दा हातमा दिएन पनि । नजिकको आफन्त भनेर वडा सदस्य पाठकलाई विश्वास मलाई धोका भयो ।’

वडाध्यक्ष रिजालले पनि सोझा सिधा जनताले पढ्न जानेनन् भनेर यसरी वडासदस्यले बदमासी गर्न नहुने बताए । ‘यस्तो गैरकानुनी र किर्ते काम कसरी भयो भन्ने विषयमा हामी गम्भीरतापूर्वक छानबिन गर्छौ’ उनले भने, ‘हामी जनप्रतिनिधि भनेको सोझासिधा जनतालाई यसरी नै कसैले झुक्याउन सक्छ भनेर जनताको रक्षाका लागि निर्वाचित भएका हौँ तर जनप्रतिनिधिबाट नै यसरी जनताको सम्पत्ति सुरक्षित नहुने अवस्था आयो, दोषी देखिए कारबाही हुन्छ ।’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार