नव नियुक्त प्रधानमन्त्री खड्ग प्रसाद ओली सहित २२ जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएसकेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढालेर देशका प्रमुख दुई ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य साना दलहरू मिलेर ओलीको नेतृत्वमा मन्त्री मण्डल बिस्तार गरेको छ । बाढी पहिरो र सडक दुर्घटनाले देश स्तब्ध भइरहेको बेला प्रचण्ड नेतृत्व सरकार ढालेर ओली नेतृत्वको सरकार निर्माण भएपछि यतिबेला सामाजिक संजाल प्रयोगकर्ताहरुले ओली र देउवाको चर्को आलोचना गरिरहेका छन् । विभिन्न संचारमाध्यमहरुले प्रचण्ड नेतृत्वको सरकार ढाल्नु ठिक कि बेठिक भनेर गरेको सर्वेक्षणमा समेत सतप्रतिशत प्रचण्डको पक्षमा जनमत आइरहेका छन् ।
विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार बेचन झा पक्राउ परेपछि सुरु भएको देउवा दम्पतीको बेचैनले अन्तत: गिरीबन्धु टि स्टेटका कारण छट्पटी सुरु भएको ओलीसंग घाँटी जोड्न विवस भएको कुरा दिनको घाम जतिकै छर्लङ्ग भइसकेको छ । झा पक्राउ परेको २४ घन्टा नबित्दै प्रचण्ड नेतृत्वको सरकार ढाल्न कसरत गरेको कुरा त पुष्टि भइसकेको छ । तेस्रोपटक प्रधानमन्त्रीका कार्यभार समाल्द प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्दा जनताको पुर्णरुपमा मन जितेको देखिन्छ । माओवादी र प्रचण्डलाई राक्षसिकरण गर्न खोजेको समाजले झण्डै साढे अठार महिनामा प्रचण्डलाई नजिकबाट बुझ्ने अवसर पाएको छ ।
विशेषगरी युद्धबाट आएको पार्टी भएको कारण समाजमा जबर्जस्ती जनयुद्ध गलत थियो, प्रचण्ड हिडेको बाटो ठिक थिएन भनेर पुष्टि गर्न खोजिरह्यो । १७ हजारको हत्यारा, लुटेरा अतंककारी जस्ता तुच्छ शब्दले गाली गर्दा आजको युवा पुस्ताले माओवादी गलत नै रहेछ भन्ने बुझ्न थालेका थिए । प्रचण्डको नेतृत्वको सरकार बन्दैगर्दा अधिकांश युवाहरूले ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर लेखेको देख्थे तर प्रचण्ड प्रधानमन्त्री बनेपछि जब सुशासनको अभियान सुरु गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको इतिहासमा नै पहिलो पटक ठुला भिआइपीहरुलाई कानुनको कठघरामा उभ्याएर दण्डित गर्न कोशिश गरे, युवाहरूमा माओबादी प्रति केही सकारात्मक भाव पैदा हुन सुरु भएको थियो ।
गत निर्वाचनमा जम्मा ३२ सिट प्राप्त गरेका माओवादीले कांग्रेस वा एमालेको समर्थन बिना सरकार गठन सम्भव थिएन । गरि एमालेको बुइ चढेर कांग्रेसको टाउको प्रहार गर्यो त गरि कांग्रेसको बुइ चढेर एमालेको टाउको हान्ने काम गर्यो । एमालेका सचिव एवम् पुर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी, तत्कालीन गृहमन्त्री एवम् कांग्रेसका बरिस्ठ नेता बालकृष्ण खाण,पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री समेत रहेका काँग्रेस नेता विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्व गृह सचिव टेक नारायण पाण्डे, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, अरबपति अरुनकुमार चौधारी,लगायत सयौंजना यो देशका भिआइपिहरुलाई करपझ्याप पारेको प्रचण्ड सरकारले साञ्चिकै सुशासनको पक्षमा काम गर्न खोजेको प्रत्येक्ष अनुभूति जनताले गरेका थिए ।
प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को फायल खोल्दै जाँदा अधिकांस काण्डमा कांग्रेस र एमालेका उच्च तहका नेताहरू मुछिदै गए । ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा,वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, टेरामाक्स विवाद, ७० करोड मोलमोलाइ प्रकरण, केपी शर्मा ओली आफै मुछिएका गिरीबन्धु टि स्टेट, परराष्ट्रमन्त्री आरजु देउवा मुछिएकी टिकापुरको जग्गा घोटाला प्रकरण,त्रिभुवन विश्व विद्यालयका जग्गा प्रकरण, बाँसबारीदेखि बालमन्दिर सम्मको सरकारी जग्गा प्रकरण जस्ता दर्जनौं काण्डहरुमा कांग्रेस र एमालेका नेताहरू जोडिए पछि प्रचण्ड विरुद्ध कांग्रेस र एमाले एक ठाउमा उभिन आएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड आफु प्रधानमन्त्रीको पदमा रहदा आफ्नो पार्टीका नेताहरूलाई पनि छाडेन् । सुन प्रकरणमा माओवादी भित्रकै शक्तिसाली नेता कृष्ण बहादुर महरा लगायत विद्यार्थी नेताहरू मुछिदा प्रहरीलाई निष्पक्ष ढंगले छानबिन गर्न लगायो । आफ्नो नेता समात्द पक्राउ नगर्नु भनेर एक वचन नभनेको कुरा स्वयम प्रहरी भित्रका अफिसहरुले सार्वजनिक रुपमा नै भनिसकेका छन् । जनमुक्ति सेनाका कमान्डर काली बहादुर खाम,वाइसीएल नेता राहुल महरा लगायतका नेताहरू आज पनि कारागार भित्र नै छन् । उनिहरुलाई छाड्न वा आफ्ना नेताहरू मुछिएको काण्ड डाकछोप गर्न कुनै दबाब नदिएर प्रहरी संगठनलाई निष्पक्ष काम गर्न दिएको कारण प्रचण्ड प्रति युवाहरूको विश्वास बढ्न थालेको छ ।
हिजो माओवादीलाई १७ हजारको हत्यारा भनेर लेख्नेहरु नै आज माओवादी र माओवादी अध्यक्ष प्रचण्डको सत्ता ढल्दा बढी आक्रोशित देखिन्छ । युवाहरूको मनोविज्ञान बुझ्ने हो भने यतिबेला प्रचण्ड नेतृत्व सरकार मात्र ढलेको नभइ युवाहरूको विश्वास ढलेको देखिन्छ । प्रचण्डलाई एक्लो बनाएर हिडेका खड्ग प्रसाद ओली र शेर बहादुर देउवालाई युवाहरूले भन्न थालेका छन । ‘प्रचण्ड ज्यु तपाईं एक्लो हुनुहुन्न, तपाईंको पछाडि सिंगो युवाहरु छन्, सिंगो देश तपाईंको पक्षमा उभिनेछ । तपाईंले सुशासनको पक्षमा देखाउनु भएको दृढता प्रति हाम्रो एक्यवद्धता छ, हिजो हामी भ्रममा थियो आज हामीले तपाईंलाई चिनिसकेका छौँ ।’
बुढेसकालको सहारा एकमात्र छोरा प्रकाश दाहाल र जीवन संगीनि सीता दाहाल बिनाको एक्लो प्रचण्डले आफ्नो सबै व्यक्तिगत जिन्दगी बिर्सेर १८ महिना सत्ताको नेतृत्व गर्दा न त आफ्नो क्याबिनेटको एकजना मन्त्रीले एक रुपैयाँ खायो भनेको सुन्नु पर्यो न त प्रचण्ड माथि नै कसैले नैतिकताको प्रश्न उठ्ने काम गर्यो ।
जतिदिन सत्तामा बस्यो भ्रष्टचारीहरुको मुटु काम्ने बनाएर बस्यो । वर्षौंदेखि कांग्रेस एमालेले थुपारेर राखेको भ्रष्टचारको ढंगुर सफा गर्दै बस्यो ।
सायद नेपालको इतिहास कुनै प्रधानमन्त्रीको पद जाँदा जनता त्यति आक्रोशित भएको छैन होला, जुन यतिबेला प्रचण्डको सरकार ढाल्द जनता त्यति धेरै आक्रोशित छन् । सरकार ढल्नु त ढल्यो तर गर्वले ढल्यो, अपराधिलाई जेल कोच्दैगर्दा ढल्यो, सुशासनको पक्षमा लड्दालड्दै ढल्यो, अर्थतन्त्र लयमा पुग्दै गर्दा ढल्यो, परराष्ट समन्ध सुध्रदै गर्दा ढल्यो । बा जोडिएका गिरिबन्धु टि स्टेट र राष्ट्रिय भाउजु जोडिएका कंचनपुर जग्गाको फायल खोल्दै गर्दा ढल्यो ।
खड्क प्रसाद ओलीले जसरी सत्ता टिकाउन ‘कु’ गरेर निर्वस्त्र हुदै अदालतको आदेशले नांगो भएर ढल्नुपरेन,भ्रष्टचारिको भिडमा भोज खाएर वद्नाम हुदै गल्नुपरेन,अनुहारमा अपराधको कालोमोसो वोकेर ङिच्च अनुहारमा रुन परेन । लोडसेडिङ हटाएर ढल्यो,आयल निगम उठाएर ढल्यो,जनक शिक्षा सुधारेर ढल्यो,वायुसेवा सम्हालेर ढल्यो,त्रिविमा थिति वसाएर ढल्यो,विकटमा पाठ्यपुस्तक पुर्याएर ढल्यो,प्रहरिमा वरियाता मिलाएर ढल्यो,अपराधिको भागदौड मच्चाएर ढल्यो तसर्थ ईतिहासमै ईज्जतसाथ ढल्यो,शानले ढल्यो,शिर ठाडो वनाएर ढल्यो । युवाहरुले चोर औला देखाएर खबरदार प्रचण्ड सरकार ढाल्न पाउदैन भन्दाभन्दै ढल्यो ।
लोकतान्त्रिक व्यवस्थामा जनता जनार्दन भन्दा माथि कोही छैन । केही अभिजातहरुले क्षणिक षड्यन्त्र गरेर स्वार्थमा सत्ता ढाले पनि प्रचण्ड पुन हावाहुरी बनेर फर्किनेछन, चट्याङ झै गर्जिदै फर्किनेछन, तुफानको वेगमा आउनेछन्, प्रचण्डको अबको गतिलाई बेचना झा जस्ता पात्रको कारण रोकिने छैन । रोकिने छैन ओली र देउवाको षड्यन्त्रकारी पर्खालले । किनभने अब प्रचण्ड एमाले र कांग्रेसको बुइ चढेर हैन । युवाहरूको साथले, पिछडिएका वर्गको मद्दतले आफ्नो दमले फर्किनेछ । हामी पनि भन्छौ भ्रष्टचारीलाई एैया पनि भन्न नदिने प्रचण्डहरु यो देशको शासन सत्ता हुन जरुरी छ ।
आज लाखौं युवाहरू विदेश पलायन भइरहेका छन् । गाउँ रित्ति सकेका छन । वृद्ध मानिसहरू बाहेक गाउँमा लास उठाउने मान्छे छैन । यता केही भ्रष्ट नेताहरूले सात पुस्तालाई पुग्ने गरि लुट्दा पनि अझै पुगेको छैन । यो देशको नीति नियम हेरौ जनतालाई दुख दिने मात्र छन् । कर्मचारीहरु हेरौ पैसा नखाइ केही काम हुदैन । वजारमा सानो पसल थापेर चलाउन पनि कहि न कतै घुस नखुवाइ चलाउन सक्दैन । व्यपार अलि राम्रो भयो प्रहरी प्रशासनले विभिन्न बहानामा दुख दिने भएपछि यो देशमा युवाहरू कसरी बाँच्ने ! विदेश जाने बाहेक विकल्प थिएन । नियम कानुन भनेको सानालाई मात्र हो ठुलोले त जे पनि गर्दा हुन्छ भन्ने नजिर बसिसकेको थियो तर जब प्रचण्ड प्रधानमन्त्री भएपछि यो देशका ठुलो नेता भन्नेहरु, यो देशका ठुलो कर्मचारी भन्नेहरु, यो देशका अरबपति भन्नेहरु पनि गलत गर्दा जेल चिसो छिडिमा पुग्नु पर्यो । त्यसले वास्तवमा धेरै नै सकारात्मक सन्देश गएको थियो । तर विडम्बना कांग्रेस र एमालेको काँधमा चढेर बनेको प्रधानमन्त्रीलाई सुशासनको पक्षमा उभिएकै कारण एक्कैपटक भिरबाट लडाइदिएका छन् । तर हामीलाई विश्वास छ । अब कसैको काँधको भरमा हैन, आफ्नै दमले प्रचण्ड उठेर आउने छन् ।