तेमाल गाउँपालिकाका वाइसीएल अध्यक्षमा सुसन लामा

अनिस तामाङ २८ बैशाख २०८२, आईतवार समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ कम्युनिस्ट लीग, नेपाल तेमाल गाउँपालिकाको अध्यक्षमा सुसन लामा निर्वाचित भएको छ ।काभ्रे जिल्ला तेमाल गाउँपालिका नारायणस्थानमा सम्पन्न तेस्रो ऐतिहासिक सम्मेलनबाट लामाको नेतृत्वमा ३१ सदस्यीय रहनेगरी कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा लामा सहित उपाध्यक्षहरुमा आक्रोश लामा, दप्साङ लामा, सम्झना तामाङ, सचिवमा अविरल तामाङ, सह-सचिवहरुमा मिलन तामाङ, सुन्दर तामाङ र कोषाध्यक्षमा रोशन तामाङ सहित ३१ जनाको कार्यसमिति चयन भएको छ । उक्त सम्मेलनमा तेमाल गाउँपालिका उपप्रमुख एवम् माओवादी केन्द्रका बागमती प्रदेशका सचिवालय सदस्य डिएम लामा, तेमाल गाउँपालिका पार्टी इन्चार्ज समीर तामाङ, वाइसीएल केन्द्रीय सचिव अभिलास तामाङ लगायतका नेताहरूको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

कार्यक्रममा उपप्रमुख डिएम लामाले युवाहरू परिवर्तनको पक्षमा उभिएर प्राप्त उपलब्धिको रक्षाको लागि संघर्षको मैदानमा जानसके मात्र प्रतिगामीतत्वहरुले टाउको नउठाउने बताए । उनले भने” पछिल्लो समय कथित राजाबादीहरुले खुलेयाम रुपमा संघीय गणतन्त्रको विरोध गर्न थालेका छन्, संविधान र प्राप्त उपलब्धि रक्षाका लागि वाइसीएल जाग्ने समय आएको छ ‘त्यसैगरि वाइसीएल सचिव अभिलास तामाङले पछिल्लो पुस्ताको युवाहरूको मस्तिष्कमा माओवादी प्रति गलत दृष्टिकोण भर्ने काम यो देशका ठुला र बौद्धिक भनिने मानिसहरुबाट भएको बताए । सााथै युवाहरूमा माओवादी प्रतिको गलत मानसिकता वास गर्ने भुमिकामा वाइसीएल देख्नु पर्नेमा जोड दिएका छन् ।

काभ्रे महाभारत गाउँपालिकामा पनि हिजो नै वाइसीएल नेपालको ऐतिहासिक दोस्रो सम्मेलनबाट सन्जमान लो निर्वाचित भएका छन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार