माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको मारमा स्थानीय बासिन्दा
रसुवा । यहाँका स्थानीय बासिन्दाहरु २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको मारमा परेका छन् । रसुवा जिल्लाको साबिक हकु, राम्चे, धुन्चे गाविसमा निमार्णाधिन आयोजनाका कारण प्रभावित क्षेत्रका स्थानीयहरुले भोगचलन गरिरहेका जमिनलाई एकतर्फी ढंगले कब्जा गर्दै आयोजना सुरु हुनुअघिको सम्झौतालाई कार्यान्वयन नगरी आयोजनाले स्थानीयलाई मर्कामा पारेका हुन् । कोरियाली कम्पनीले आयोजना नेपाल वाटरमार्फत निर्माण गरिरहेका छन् । आयोजनामा कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोसेभ) को ५०, डेलिम कन्ट्रक्सन कम्पनी लिमिटेडको १५, केरुङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को १५ र नेपालको जेड पावरको १० प्रतिशत स्वामित्व छ । आयोजना निर्माणको जिम्मा एनडब्लुइडिसी, डोसन र पावर चाइना नाम गरेको कम्पनीहरुले पाएको छ । ती कम्पनीहरुले कमिसनको चक्करमा लागेर स्थानीय प्रशासनलाई हातमा लिएर बलजफ्ती गर्दै स्थानीयलाई थप पढ्नुहोस् ...










