गौरीशंकर श्रममन्त्री बनेसँगै बढ्यो मानव तस्करी

अनिस तामाङ ६ चैत्र २०७७, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा गौरी शंकर चौधरीले पदबहाली गरेसँगै मानव तस्कर गर्नेहरुको सक्रियता ह्वात्तै बढेको छ । मानव अस्तित्वमाथि नै प्रश्न उठ्ने गरि फैलिएको कोरोना महामारीका कारण देशमा बेरोजगारको संख्या बढ्ने क्रम जारी छ ।

तर, मन्त्री चौधरी आएपछि बालुवामा छट्पटाइरहेको माछालाई पानी हालेझैँ भएको चर्चा बजारमा हुन थालेको छ । मानव तस्करहरुसँग कडा रुपमा प्रस्तुत हुनुको साटो उल्टै उठबस गर्ने मन्त्री चौधरीको बानीले मानव तस्करीहरुको बिगबिगी बढिरहेको विश्लेषण छ ।

विशेषगरी सस्तो लोकप्रियताको लागि चौधरीले श्रम कार्यालयहरुमा विभिन्न छापा हानेको नाटक गरे पनि म्यानपावर व्यवसायीहरुले भिजिट भिषामा मध्यपुर्वका देशहरु युएई, कतार, साउदी, बहराइन लगायतमा ‘सेटिङ’ मिलाएर मानव तस्करी गरिरहेको सुचना मन्त्रालयमा पुगे पनि मन्त्रीले कानमा तेल हालेर बसेका छन् । मन्त्रालयमा सुचना दिन पुगेका एकले उज्यालो नेटवर्कसँग टेलिफोनमा भने, ‘धमाधम सेटिङमा मानव तस्कर भइरहेको छ, मन्त्रालयमा सुचना दिन पुगेको हुन्छ हामी निगरानी गर्छौ भन्नुभयो तर वास्ता गर्नुभएन ।’

विशेषगरी मन्त्री निकट व्यक्तिहरुको विभिन्न म्यानपावर सञ्चालकहरुसँग निकट सम्बन्ध रहेकोले पनि भिजिट भिषाको नाममा विदेश लगेर अलपत्र पार्ने गरेको सुचना उज्यालो नेटवर्कलाई प्राप्त भएको छ ।

केही दिन अगाडि मात्रै पर्सा घर भएका हकिम मिया, बाराका इन्ताज मिया र छवि मिया, सिराहाका ओम शंकर यादव र रियाज शेख लगायत ४० जना नेपाली युवाहरूलाई भिजिट भिषामा ओम ओभरसिज म्यानपावर काठमाडौंबाट युएईमा २ लाखको दरले पैसा लिएर भिजिट भिषामा पु¥याएको खुलेको छ ।

युएईको एयरपोर्टमा हरि भुजेल नाम गरेको व्यक्तिले हजार डलरको दरले काम मिलाइदिन्छु भन्दै प्रलोभन देखाएर आफूहरुलाई फसाएको पीडित ओम शंकर यादवले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

त्यसैगरी एक्टिभ इम्प्लोइ सर्भिस प्रालि तिनकुने काठमाडौंबाट ५ लाखको दरले अबुधबी पुलिसमा भनेर पठाएका दाङका विरेन्द्र कुमार थापा,गोेर्खाका अन्जन सुनवार, पाल्पाका रेम बहादुर राक्से, रौतहटका कान्छामान थिङ, विजय बोल्खे, चितवनका अमृत श्रेष्ठ, बुद्धिराम महतो, सिन्धुपाल्चोकका जीवन मगर, ओखलढुङ्गाका विकास विक, नवलपरासीका श्रीराम कोइराला, नर बहादुर विक, नोलराज चौधरी, भोजराज खड्ग लगायत दर्जनौं युवाहरु युएईमा अलपत्र परेका छन् ।

यतिमात्रै नभएर युएईको विभिन्न शहरहरुमा यतिबेला भिजिट भिषामा युएई पुगेर अलपत्र पर्नेको संख्या बढिरहेको छ । विभिन्न देशमाहरुमा काम लगाइदिने प्रलोभन देखाउदै मोटो रकम लिएर युएई, कतार, साउदी, ओमन लगायतका देशहरु पुर्याउने गिरोह नेपालमा सक्रिय छन् ।

कोरोनापछि नेपालबाट वैदेशिक रोजगारमा जान अनुमति छैन । तर पनि भजिट भिषाको माध्यमले विभिन्न एजेन्टहरुले मोटो रकम लिएर विदेश पठाइरहेका छन् । पटकपटक पीडित पक्षले श्रम मन्त्री चौधरीको यस विषयमा ध्यानकर्षण गराउँदा समेत मन्त्रीले कुनै चासो दिएका छैनन् ।

अधिकांश भिजिट भिषामा लैजानेहरुलाई राति १ बजे पछाडि उडाउने गरेको पीडितहरुले बताए । ‘एयरपोर्टदेखि विभिन्न विभागका कर्मचारीहरु सम्मलाई सेटिङ मिलाएर युएई लगायत विभिन्न खाडी राष्ट्रहरुमा पुर्याएर हजारौं युवाहरूलाई अलपत्र बनाउदा समेत राज्यको कुनै ध्यान जान नसक्दा यो राज्य नै दलालहरुले चलाएको हुन कि भन्ने अनूभुति हुन थालेको छ’ पीडित विरेन्द्र कुमार थापा भन्छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार