जिम्बाबेका लेखक बुकर पुरस्कारको सूचीमा

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार कला/साहित्य

लन्डन । उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको छ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ ।

सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत पर्नु भएका लेखक चिची दाङ्गारेम्गाको उपन्यास “दिस मर्नेवल बडी” उत्कृष्ट छ मा छनौट भएको हो । यस उपन्यासमा मुख्य पात्रको असफलता र उत्तर–औपनिवेशिककालीन जिम्बाबेको उथलपुथललाई समेटिएको छ । यस विधातर्फ विजयी हुनेले ६४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
जिम्बाबेका निकै प्रतिष्ठित लेखक दाङ्गारेम्गा गत जुलाईमा पक्राउ परेर एक रात जेलमा बिताउनुभएको थियो । राजधानी हरारेको मुख्य सडकमा एउटा प्लाकार्ड बोकेर उभिएको आरोपमा उहाँ पक्राउ पर्नु भएको जियो जसमा लेखिएको थियोः “हामी अझ राम्रो होस् भन्ने चाहन्छौं । संविधानमा सुधार गरियोस् ।”
बुकर पुरस्कारका लागि छनौटमा परेका लेखकहरुमा यस वर्ष बढी मात्रामा अमेरिकीहरु वा अमेरिकामा रहेबसेका व्यक्तिहरु हुनुहुन्छ । इथियोपियामा जन्मेका माजा मेन्जिस्टको “दी स्याडो किङ”, डियान कूकको “दी न्यू वाइल्डरनेस”, अभनी दोशीको “बन्र्ट सुगर” र ब्रान्डोन टेलरको “रियल लाइफ” पनि बुकरको सूचीमा परेका छन् ।
बेलायतबाट भने एक मात्र छनौटमा परेको छः डग्लस स्टुआर्टको उपन्यास “शग्गी बेन” । स्टुआर्ट पनि अमेरिकामै बसोबास गर्नु हुन्छ । उहाँ न्यूयोर्कमा बर्षौंदेखि रहनु भएको छ ।
विजयीको नाम आगामी नोभेम्बर १७ मा घोषणा गरिनेछ । सन् १९६९ मा स्थापना गरिएको यस पुरस्कारका लागि विश्वभरका अंग्रेजी भाषामा प्रकाशित पुस्तकहरु र लेखकहरुले प्रतिस्पर्धा गर्न पाउँछन् । तर सन् २०१४ सम्म बेलायती, आइरिस र कमनवेल्थ मुलुकका नागरिकले मात्र सहभागी हुन पाउँथे ।
यस वर्षको छनौटले यो पुरस्कारमा अमेरिकी लेखकहरु हाबी हुने सम्भावना बढाएको छ । विगतमा यस्तो भएको थिएन । यसअघि अमेरिकी लेखकहरुमध्ये सन् २०१६ मा पल बेटीको “दी सेलआउट” र सन् २०१७ मा जर्ज साउन्डर्सको “लिन्कन इन दी बार्डो” पुरस्कृत भएका थिए ।
पुरस्कार छनौट समितिकी निर्देशक ग्याबी ऊडले सूचीमा बेलायती उपन्यासकारहरु नपरेकामा आफूलाई दुःख नलागेको बताउनुभयो । उहाँले पाठकहरुले लेखक कुन देशको हो भनेर हेर्न छाडिसकेको बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार