रौतहट । रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिसद्वारा शुक्रबार एक साहित्यिक कार्यक्रमको आयोजना गरीएको छ । उक्त कार्यक्रममा उपस्थित सहभागीहरुद्वारा गजल तथा कबिता बाचन गरीएको कार्यक्रमका संयोजक श्यामहरी चौलागाईले जानकारी गराएका छन् ।
कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिसका अध्यक्ष दिलिप सापकोटा लगायत जेसिस पदाधिकारीहरुको समेतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बिधाका सर्जकहरुले आ-आफ्नो प्रतिभा बाचन गरी सुनाएका थिए ।
जेसिस सप्ताह २०२० अन्तर्गत ‘गजल तथा कबिता वाचन कार्यक्रम’ को ब्यानरमा प्रख्यात मुक्तककार हरिकृष्ण काफ्ले तथा साहित्यकार अनन्त कोईरालाले आफ्नो कृति बाचन गर्नुको साथै यस्ता किसिमको कार्यक्रमहरुको आयोजनाले स्थानिय स्तरमा लुकेर बसेका प्रतिभाहरुको उजागर हुनमा मदत पुग्ने र नेपाली साहित्यको महत्व बारे बर्तमान पिढीलाई जानकारी गर्न गराउन सहयोगी भुमिका रहने कोईरालाको भनाई रहेको छ ।






