सन्तोष काफ्ले

रौतहटको मौलापुरमा मौलाएको लागुऔषध खेती प्रहरीद्वारा नष्ट

रौतहट । रौतहटको मौलापुरमा एक बिगाहामा लगाइएको प्रतिबंधित लागु औषध अफिमको खेती रौतहट प्रहरीले शनिवार नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहको कमाण्डमा गएको प्रहरी टोलीले जिल्लाको मौलापुर नगरपालिका वडा नं। ७ स्थित सबैया पिपरीयाको विभिन्न स्थान गरी करिव एक विगहा क्षेत्रफलमा लगाइएको अफिमको बिरुवालाई नष्ट गरेको हो । कानूनी रूपले पूर्ण बन्देज रहेको अवैध लागुऔषध अफिमको खेतीको बारेमा जानकारी आए पछि प्रहरीले बिरुवाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शाहले बताए । प्रहरीको आँखा छल्न मकैबारी को बीचमा लगाइएको सात हजार अफिमको बिरुवा सहित एक कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा समेत नष्ट गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । थप पढ्नुहोस् ...

सन्तोष काफ्ले १ चैत्र २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार