सामन्ती व्यवस्थाको खम्बा समातेर
अहम् ले गर्जिरहेको सत्ताका गर्जनहरूलाई
मौनताका सुस्केराहरूले अत्याहट गर्ने संकल्प गरिरहेको
हे गोविन्द
तिमीले यसरी त्याग्न सक्दै सक्दैनौँ जीवनको महत्व
अझै जन्मिनै बाँकी छ
तिम्रा प्रत्येक स्वास फेराइहरूबाट सत्य-वीज बनेर
तिमीले थालिरहेको आन्दोलनलाई हाँक्न सक्ने
तमाम सत्याग्रही योद्धाहरू
जसको हातमा यो कुरुप व्यवस्थामा
बुर्कुसी मारिरहेको
माफियातन्त्रको चङ्गुलबाट
युगलाइ स्वतन्त्र गर्ने ज्याबल होस्
त्यसैले उठ गोबिन्द तिमी उठ्नै पर्छ
तिमी मर्नु भनेको
खराव शासन बाँच्नु र एउटा सत्यको हठ मर्नु हो !
आयुभरी बाँचेर क्रान्तिको गर्जन बोल्नेहरू
सहिद भन्दा महान हुन्छन्
तिमी अकाल मृत्यु मर्नु हुँदैन
अहँ तिमी यसरी मर्नु हुँदै हुँदैन !!
✍️सुमिना






