बन्छ नमूना नेपाल (कविता)- प्रधानमन्त्री ओली
बन्छ नमूना नेपाल (कविता) स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास । ००० खेर जान्नन् नदीनाला बाँझा हुन्नन् खेत नाङ्गा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश । ००० चट्टान काटी सुरुङ खोली बन्छन् नयाँ बाटा सुशासन र विकासको चल्छ अभियान साझा । ००० बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कविता लेखेका छन् । ‘बन्छ नमूना नेपाल’ शीर्षकको उनको कविता प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक भएको हो । २ मे २०२० (२० बैशाख २०७७) थप पढ्नुहोस् ...












