प्रिय तिमी – साक्क्षी तिवारी

उज्यालो प्रतिनिधि १५ बैशाख २०७७, सोमबार कला/साहित्य

कविता – प्रिय तिमी

प्रिय तिमी
तिम्रो त्यो पल
तिम्रो त्यो कुरा
तिम्रो त्यो याद
सम्झने लायक त छैन
मुटुको कुनामा रहेको
ति याद “बम बिस्फोट” झै हुन्छ
अनि
भत्किन्छन मुटु
तिमि टाढिएको त्यो मान्छे
अनि सम्बन्धको त्यो
साइनो ।

प्रिय तिमी
तिमी गयोेै
तिमी गयोेै
सयौं भावाना र यादलाइ काटेर
भविष्यमा पुग्न
बुनेको ति सपना
भेट हुदा खिच्ने
त्यो “तस्बिर”
छाया मै टुंगियो
सपना मै टुंगियो ।

प्रिय तिमी
तस्बिर हेर्न मन लाग्छ ,कहिलेकाहि
तर
त्यो तस्बिर छाया मेै अभाव भयो ।
तिम्रो त्यो मन को बेदना
मिठो गफ सुन्ने सपना पनि टुट्यो
तिम्रो त्यो मिठो मुखले ।
मिठो चिया खाने
चिया पसलमा
त्यो चिया फिक्का झै लाग्छ
तर
छुटेका ति साथ
छुटेका ति भावाना ।
बोलेका ति मिठा बात
“बात”
बात मै मात्र सिमित भयो ।

प्रिय तिमी
तिम्रो मिठो बात
जति चिनि मिसाउदा पनि गुलियो लाग्ने
तर
अहिले ति बातमा चिनि हाले पनि खल्लो लाग्छ ।

प्रिय तिमी
कति पिडा दिनु
कति दु:ख दिनु
छोडेर त गैहाल्यौ
छाडेर जादा निशब्द भएर गयोै ,
जादा आफ्नो खुसी र
मेरो खुसि लैजादा तिमि भित्रको आनन्द ,
अनि म भित्रको पिडा र
म भित्रको चोट
म मै सिमित रह्यो ।

प्रिय तिमी
“चिया त खुब खान्थयोै “
चिया पसलमा बसेर चिया खादा
बनाएका ति भबिस्यको सपना ,
चिया जस्तै गुलियो मिठा मिठा बात ,
चिया जस्तेेै त के ,
आजभोलि ति सपना र ति मिठा बात
करेला भन्दा नि तितो लाग्छ ।
तिम्रो चिया खाने बानि
मैले सम्झने ति याद ,
तिम्रो तस्बिर मा देखेको त्यो हासो
चिया भन्दा मिठो लाग्थ्यो ।
तर
ति मिठा याद ,ति सपना ,तिम्रो त्यो सुन्दर तस्बिर
मेरो मन र मस्तिष्क मा अमर नै रहनेछ ।

साक्क्षी तिवारी
तिलोत्तमा १५ कोटिहवा, रुपन्देही
राममणि बहुमुखी क्याम्पस
(मणिग्राम रुपन्देही)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार