परदेशिएको हो (कविता) बिनु लुइँटेल

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार कला/साहित्य

आमाको आशुले परेली भिजे पछि हो
बाबा को थरथर काप्दै गरेका हातले टिका
लगाएर निधार भरे पछि हो
सादा आँखामा रंगिन सपना देख्दै अनि उ
परदेशिए को हो ।

बर्षेै देखि आमा को नाक खाली भएपछि
थेगी नसक्नु गरीबिले पेलिएपछि
दाइजो नपुगेर बैनीको हुदै गरेको बिहे टुटेपछि
अनि पो उ परदेशिएको हो ।

पावर र पैसाको अगाडी मेहनतले
आर्जेका केही थान प्रमाणपत्र हरु नबिकेपछि
जिन्दगीभरी खालि खुट्टा गुजारेका बाबाको लागि
एक जोर नयाँ जुत्ता दिन नसकेपछि
बर्षा याम मा चुहिदै गरेको घरको त्यो घरको छाना
टाल्न नसकेपछि अनिपो उ परदेशिएको हो ।

हरेक बर्ष आउँने त्यो दशैमा भाइ को लागि
नयाँ घडी किन्न नसकेपछि हो
खालि रहेको आफ्नो प्रेमिकाको सिउँदो
भर्न सिन्दुर किन्न परेपछि हो
छिमेकी आमा हरुले नयाँ नयाँ चोली लाएर
आमालाइ हेप्न थालेपछि हो
अनि उ परदेशिएको ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार