हिममान्छेको देशमा

उज्यालो प्रतिनिधि ९ बैशाख २०७७, मंगलवार कला/साहित्य

**********
ऊ हिमपहाडमा जन्मियो !
हिउँसँगै खेल्यो
कहिले हिउँझैँ दुःखहरू जमाउँदै
त कहिले हिमनदीझैँ खुशीहरू पग्लँदै
हिउँकै काखमा
ऊ हिममान्छे बनेर हुर्कियो !

…………………
हिउँको देशमा
उसले हिउँकै आगो बालेर
हिउँदे आकाशको जाडोलाई लखेट्यो !
हिउँले नै नुहाएर
गर्मीको साउने लुतोलाई धुरी कटाई फाल्यो !
र क्यौँचोटि त –
आफैभित्रको डढेलो निभाउन
उसले हिउँका काँचा डल्लाहरू पनि चपाएर निल्यो !

………………..
उसले त,
हिउँकै सपना देख्यो
र हिउँले नै खाएको विपना भोग्यो !
उसको मित्र पनि हिउँ
र नजिकको शत्रु पनि हिउँ नै बन्यो !
हिउँकै धागो बाटेर
उसले बनायो एउटा जिउँदो तार
र बेस्सरी तिखार्यो – टुङ्नाको आवाज !
हिउँकै पत्र उधारेर
डम्फुमा हाल्यो जीवनको ताल
र धित् मरुञ्जेल गायो – आदिबाशी गीत !

………………..
ऊ त हिममान्छे हो !
हिउँका साँघुरा आँगनहरूमा
आफैलाई बिर्सेर नाच्थ्यो ऊ – छमछमी डाँफे नाचेझैँ !
हिउँको शिरमा टेकेर
जब हेर्थ्यो आङ छिकीको कोरली वैँस
ऊ उफ्रिन्थ्यो खुशीले – पठेक्री कस्तुरी उफ्रेझैँ !
सायद,
तल गोठमा झरेर
ऊ बाँड्न चाहन्थ्यो त्यो खुसी चौँरी गोठालाहरूसँग !

………………….
कति चिप्लो छ, हगि !
यो ढिस्कोको ढाड पनि
ठ्याक्कै सत्ताको सिँगान जस्तै !
एघारौँ पटक,
चोमोलुङ्मा चढेर झरेको आङ तेम्बा
नागरिकताको सानो ढिस्को चढ्दा–चढ्दै लडेर मर्यो !
बषौँबर्षदेखि,
यसरी नै हराईरहेछ
हिममान्छेको देशबाट – हिउँजस्तै एउटा शुन्दर देश !

*******
प्रथा

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार