गरिब बाउको छोरो हु भन्दा पनि
मलाई धनी मनै पर्दैन भनेर मख्ख पार्यौ ।
छाकैपिच्छे मासुभात दिन सक्दिन भन्दापनी
गुन्द्रुक ढिढो भए पुग्छ भनेर मख्ख पार्यौ ।
तामाङको छोरा हु जाडरक्सी पिउछु भन्दापनी
नपिउने यहाँ को नै छ र भन्दै मख्ख पार्यौ ।
दुरि टाढा हुँदा पनि भिडियो कल गरेर
नजिकै भएको आभास दिलाएर मख्ख पार्यौ ।
राती ओछ्यानमा एक्लै छु भन्दा पनि
संगै म भएको फिल गरेर सुत्नु भनेर मक्ख पार्यौ ।
पछि धोका त दिन्नौ नि भनेर सोध्दा पनि
बरु तपाईंले दिनुहोला,तर म हुन्न भन्दै मख्ख पार्यौ ।
कुलमान योञ्जन, रामेछाप






