काठमाडौं । धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै धादिङ जुँगेखोलाका पन्त पहिलो कमेडी च्याम्पियन बनेका हुन् ।
पहिलो कमेडी च्याम्पियन बनेर उनले नगद २५ लाख पनि लगायत अन्य पुरस्कारहरु जितेका छन् ।
यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।






