बन्छ नमूना नेपाल (कविता)
स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास ।
०००
खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।
०००
चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा ।
०००
बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कविता लेखेका छन् । ‘बन्छ नमूना नेपाल’ शीर्षकको उनको कविता प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक भएको हो । २ मे २०२० (२० बैशाख २०७७)






