मित्र को हो शत्रु को हो चिन्न कहाँ जाउँ
मन फाट्दा सियोधागो किन्न कहाँ जाउँ ?
==========
रित्तो पेट हल भएन जिन्दगीको गणित
बेरूजु यो हिसाब पनि छिन्न कहाँ जाउँ ?
==========
यता टालो उता चुहिन्छ गरीबको भाँडो
दु:खका यी फापरगेडी पिन्न कहाँ जाउँ ?
==========
सरिफ सबै हरिप भए हरिप पनि सरिफ
उस्तै उस्तै यतै छोडी म भिन्न कहाँ जाउँ ?
==========
थोपा थोपा पसिनाको कुन्यु लुट्ने को हो
विचारको अखने बोकी उधिन्न कहाँ जाउँ ?
***** प्रथा






