‘करोडको कार्पेट’

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७७, मंगलवार कला/साहित्य

कविता

 

‘करोडको कार्पेट’

महाशय !
गरिबको जिन्दगीमा
केही परिवर्तन आउला कि भनेर
केही राहत पाउला कि भनेर
आफ्नै थातमा घरबार
बसाउँला कि भनेर
गरिब निमुखाहरूले
भोका नांगाहरूले
ज्यानको बाजी थापेर
पटक-पटक वर्गसंघर्षको जेहाद छेडे
पटक-पटक आन्दोलनका भूमरीहरू उमारे
र बादशाहलाई सत्ताच्यूत गराए

महाशय !
यसरी
सर्वहारावर्गको त्याग, तपस्या वीरता
र बलिदानको कोटाबाट आएको
यो गणतन्त्रमा
जुन दिनदेखि तिमीले ताज लगायौ
जुन दिनदेखि सत्ताको बागडोर
आफ्नो हातमा लियौ
जुन दिनदेखि तिमीले
सत्ताभोगको शपथ खायौ
जुन दिनदेखि तिमिले शासन सुधारको
वचन दियौ
त्यही दिनदेखि जनताले
तिम्रा पाईला पाईलामा
बिछ्याउँदै आएका हुन जनताले रातो कार्पेट

महाशय !
तिम्रो सत्ताभोग निकै महंगो हुँदै आएको छ
तिमीले पटक-पटक राजसी शैली देखाएका छौ
तिमीले राज्यको दोहन गर्नुसम्म गरेका छौ
महंगा हेलिकप्टर
महंगा बुलेटप्रुफ गाडी
महंगा-महंगा सरसामान मात्र
तिम्रा रोजाईमा पर्दै आएको छ
तिम्रा सांसद मन्त्रीहरू
ठेकेदार हुन कि जनसेवक ?
चम्चा हुन कि सिंगै भाँडा ?
तिनै सांसद र मन्त्रीहरूबाट
अत्यावश्यक विभिन्न सामानहरूको
राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा
सामान खरिद बिक्रीको टेन्डर हुन्छ

महाशय !
यसरी नै तिमी सजग भएनौ भने
जनताको बीचमा गएनौ भने
यसरी नै तिमी पनि एकदिन धराशायी हुनेछौ
जसरी देशलाई संकट परेको बेला
महामारीले उग्र रुप लिएको बेला
लाखौं नागरिक बिपत्तिमा परेको बेला
तिमी सांसदहरूलाई ठेकेदार बनाएर
ओछ्याउँदैछौ तिम्रो आलिशान महलमा
रातो कार्पेट
रचनाकार : रचना मोक्तान “यात्री”
दिनाङ्क : २० जेठ २०७७

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार