सुदूर सिमारेखाबाट

उज्यालो प्रतिनिधि २८ बैशाख २०७७, आईतवार कला/साहित्य

कविता
सुदूर सिमारेखाबाट

हुन त
तिमीलाई अहिले
फुर्सद छैन होला
सन्चो छैन होला
मेरो सन्देश सुन्ने
इच्छा पनि छैन होला

एक पछि अर्को लडाईं
कुर्सीको
जुंगाको
साखको
वादको
यीनै दौडधुप र मारामारीको थकानले
‘एक प्याग पिईहालौं न’ भन्दै
जब तिमी
खबरपत्रिका राखिएको टेबलमा
खुट्टा तन्काएर
चुस्की लिनै लाग्दा
हे प्रीय, मेरो देशका नेता!
तिम्रै देशको यो सुदूर सिमारेखाबाट
म, सिमा स्तम्भ
यो सन्देश पठाएको छु
तिमीलाई

म जहॉ छु
यहॉभन्दा धेरै पर
वीरता र स्वाभिमानको हुँकार गर्दै
यूद्धमैदान हल्लाएका थिए रे
तिम्रा मेरा वीर वीराङ्गना पु्र्खाहरुले
उनीहरुकै रगत, पसिना र गाथाले
आकार दिएर मलाई
प्राण प्रतिष्ठा भरेर
वर, धेरै वर
यो देशको रक्षार्थ मलाई
एक्लै छोडेर गएको तिमी
फेरी फर्केर कहिल्यै आएनौ
तिमी उतै अल्मलियौ
सायद कुर्सीको
सायद जुंगाको वा वादको
वा
अरु कुनै लडाईंमा

बर्षेनी बर्सिरहने हिउँको बर्षा
एकनास चलिरहने चिसो सिरेटो
सन्नाटा मात्रै सुनिने
प्रत्येक शून्य कालो रातहरुमा
बर्षौं भईसक्यो
यो देशको सिमा रक्षार्थ
एक्लै उभिरहेको छु
मलाई अंकमाल गर्दै तस्वीर खिच्नेहरु त
सॉझ नपर्दै देउराली नाघिसक्छन्
शहर पुगीसक्छन्
यो हिमपात, यो सिरेटो
सन्नाटा अनि कालो रात
एक्लै एक्लै खपिरहेको छु
कुनै दुखेसो छैन यिनीहरुसँग
यी सबै मेरो आफ्नै देशकै त हुन् नि
तर
तिमीलाई भन्नु मन छ-
यस्तो दुर्दशा, दुरदराजमा
यस्तो निर्जन, एकलास रातहरुमा
एक्लै छाडेर
तिमी त्यहॉ
कसरी पो चैनले निदाउन सकेको है!
कहिलेकाहीं त यस्तो लाग्छ-
तिमीले भन्दा त यो देशलाई
मै बढी माया गर्छु होला है!

प्रीय नेता!
थाहा छ तिमीलाई?
म एक्लो भएको मौका छोप्दै
क्रुरताको बिरुप पराई अनुहारहरु आएर
मैले नबुझ्ने भाषाहरुमा
खै केके केके फलाक्दै
मेरो छातीमा बूट बजार्छन्
थुकीदिन्छन्
मुतिदिन्छन्
जहॉ तिमीले
‘नेपाल’ लेखेर गएका थियौ
उनीहरुको यी कठोर प्रहारहरुले
मेरो जग हल्लिदै गर्दा
त्यहॉ
तिम्रो मुटुमा
अलिकति पनि कम्पन हुदैन है!
प्रीय नेता!
एकचोटी हेर त
तिमीले खुट्टा तन्काएको
तिम्रो टेबलको अखबार पत्रिकामा
सायद
सिमाना मिचिएको समाचार हुन सक्छ ।

– मञ्जुल मितेरी
२७ कार्तिक २०७६, जापान

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार