ज्योज्योको मरण – रचना मोक्तान ‘यात्री’

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार कला/साहित्य

कविता

ज्योज्योको मरण

भोको पेटमा पटुकी कसेर
फुटेका पैताला टेक्दै
दुई गोडाहरू थर्थरी कमाउदै
एक हातमा लठ्ठी पनि समाउँदै
तीन बीस हिउँद काटेका
बोक्दै आएका हुन
तामाङ ज्योज्योले
दुखको अजंगको भारी
साथै बोकेका हुन थाप्लोमा
मौसमी-बेमौसमी खेती बनेर
आउने सत्ताधारीहरूलाई पनि
कुच्याएका हुन थाप्लो
अन्डा कुच्याए सरि
काठमाडौका लमतन्न सडकहरूमा
भारी बोक्दै अनि धर्मराउँदै हिंड्दा
दुखीहरूको पक्षमा भनेर
लामो-लामो साङ्ले जुलुस
जिन्दावाद र मुर्दावादको नारा लगाउँदै
उनकै अगाडि हिंडेनन कि !
ठूलाठूला आवाज आउने गरी
बमहरू पड्कीएनन कि !
दुखीको सरकार आएको
कसैले रुन नपर्ने
कसैले भोकै बस्नु नपर्ने
चर्को भाषण सुनेनन कि !
यी सबै कुराहरू सुनिरहे पनि
मनमा अनेकौं तर्कनाहरू
बुनीरहे पनि
छाडेन उनलाई दुखको भारीले
देश बन्दाबन्दी भएको बखतमा पनि
टुटाएनन थाप्लोमा नाम्लो
त्यही अबस्थामा गुजुल्टीएर
सिंहदरबारको अगाडि
नाम्लो भिरिरहेको
फूटपाथमा ढलिरहेको अमूक लास
कसैको नभएर
सिंहदरबार मास्तिरको गाउँबाट
अर्को राजधानीमा
काम र मामको खोजीमा झरेका
सुर्य बहादुर तामाङ
ज्योज्योको कथा हो यो
जो ओत लाग्ने झुपडी पनि नभएर
खुल्ला पाटी पौवामा बस्दै आएका थिए

साहित्यकार : रचना मोक्तान “यात्री”
दिनाङ्क : जेठ १४, २०७७
ठेगाना : नमोबुद्द, ५ डाँडागाउँ, काभ्रे

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार