अन्तिम गजुर

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार कला/साहित्य

वयलिएको सीनो चुसेर
यति बेला,
दिगभ्रमित कठपुतलीहरू
किन परागसेचनको अभिनय गरिरहेछन् ?
जीवनका टारीहरूमा
निश्लोट कालिमाहरू उमारेर
यो वागका मालीहरू
किन आफ्नै सपनाहरू जलाइरहेछन् ?
र आमाको धमिलो तस्विरमाथि
जुवाखाल थापेर
किन कौडा हानिरहेछन् – यो देशका साशकहरू ?

°°°°°°°°°
स्वार्थले गलेर
आफ्नै मनका सेपहरूमा
चुनखानीझैँ पग्लिरहेका देशप्रेमहरू
ठिक यो बेला,
प्रभुका गिदीकोषहरूमा तुम्बा तानिरहेछन् !
समयको भर्याङबाट लडेर
घाइते बनेपछि
अप्रेशन थिएटरभित्र निदाइरहेछ – राष्ट्रिय झण्डा !
र एउटा पुरानो नक्सा
अभिलेखालयबाट भर्खरै निस्किएर
तमासले दौडिरहेछ – भत्किएको दसगजातिर !

°°°°°°°°°
यतिखेर
पहाडको अग्लो शिरबाट
लगातार झरिरहेछ – विश्वासको धुले पहिरो !
र त्यही पहिरोको थुप्रोमाथि
उदास बैसाखी टेकेर
उकालो चढिरहेछ – एउटा लङ्गडो स्वाभिमान !
वर्षौ–वर्षदेखि,
मान्छेका सपनाहरू कुल्चिएर
चियर्स गरिरहेका धृतराष्ट्रहरूलाई
थाहा नहुन सक्छ
कसरी भित्रभित्रै सल्किरहेछ – भुसको आगो ?

°°°°°°°°°
धागो चुँडिएर
जिन्दगीको भरोसा टुटेपछि
समर पनि महा-उत्सव बन्दोरहेछ !
म अब,
प्रलयका प्रवेगहरू रेटेर
विष्फोटक धुन बजाउन चाहन्छु !
शायद,
यही धुनका मूर्छनाहरू सुनेर
जमिनमा ढल्नेछ
तिम्रो सत्ताको अन्तिम गजुर पनि !

******
प्रथा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार