विभिन्न स्रष्टालाई सम्मान

उज्यालो प्रतिनिधि ३० असार २०७७, मंगलवार कला/साहित्य

काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्धारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो ।

पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए ।

उनले मुलुकको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गरे । कला, संस्कृतिको संरक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराईको भनाइ थियो । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार