दु:खका यी फापरगेडी पिन्न कहाँ जाउँ ?
मित्र को हो शत्रु को हो चिन्न कहाँ जाउँ मन फाट्दा सियोधागो किन्न कहाँ जाउँ ? ========== रित्तो पेट हल भएन जिन्दगीको गणित बेरूजु यो हिसाब पनि छिन्न कहाँ जाउँ ? ========== यता टालो उता चुहिन्छ गरीबको भाँडो दु:खका यी फापरगेडी पिन्न कहाँ जाउँ ? ========== सरिफ सबै हरिप भए हरिप पनि सरिफ उस्तै उस्तै यतै छोडी म भिन्न कहाँ जाउँ ? ========== थोपा थोपा पसिनाको कुन्यु लुट्ने को हो विचारको अखने बोकी उधिन्न कहाँ जाउँ ? ***** प्रथा थप पढ्नुहोस् ...













