हामीले चाँडै नै कोरोना विरुद्धको भ्याक्सिन पाउँदैछौं : ट्रम्प
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गरेका छन् । ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै सो सरकारको कामको सूची साझा गरेका हुन । उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् । ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं... हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’ डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिए र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको बताए । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ । यो विषयमा ट्रम्पले भने, ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि थप पढ्नुहोस् ...












