हामीले चाँडै नै कोरोना विरुद्धको भ्याक्सिन पाउँदैछौं : ट्रम्प

उज्यालो प्रतिनिधि १० असार २०७७, बुधबार विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गरेका छन् । ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै सो सरकारको कामको सूची साझा गरेका हुन ।

उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् ।

ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं… हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’

डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिए र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको बताए ।

कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ ।

यो विषयमा ट्रम्पले भने, ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’

अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उनले बताए ।

अमेरिकामा कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ र मृतकको संख्या १ लाख पार गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार